यू–१७: राष्ट्रिय फुटबल टिमका लागि पहिलो चरणमा ६० जना छनौट

काठमाडाैं | साउन १९, २०७९

यू–१७: राष्ट्रिय फुटबल टिमका लागि पहिलो चरणमा ६० जना छनौट

काठमाडौं:  १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।

 

अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

 

एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

 

श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।

 

 

नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्